नियम १०
व्यापारिक नाप र तौल
(१) व्यापारिक नाप (लम्बा तथा ग्राहिता) र तौलको संज्ञा वस्तु, आकार र जाँचको घटीबढीको हक अनुसूची–४ बमोजिमको हुनेछ ।
(२) व्यापारिक नाप र तौल वा व्यापारिक प्रचलनमा ल्याइने नाप्ने र तौलने यन्त्रको क्षमता पदार्थ आधार र जाँचको घटीबढीको हद अनुसूची–५ बमोजिमको हुनेछ ।
(३) …………..
(४) व्यापारीले व्यापारिक लेनदेन वा प्रचलनमा ल्याउने दुईपल्ले तराजु (विम–स्केल) आफ्नो व्यापार गर्ने स्थानमा स्टाण्डमा वा सिक्रीद्वारा अंकुसीमा झुण्ड्याई राख्नु पर्छ । तर यो उप–नियम हाट, साप्ताहिक बजारमा आउने व्यापारी र घुमीफिरी व्यापार गर्ने फिरन्ता व्यापारीलाई लागू हुनेछैन ।
(५) आयतन नाप्ने यन्त्रहरुको विवरण अनुसूची–५ (क) बमोजिम तथा लम्वाई र समय नाप्ने यन्त्रहरुको विवरण अनुसूची–५ (ख) बमोजिम हुनेछ ।
(६) फासला नाप्ने यन्त्रहरुको विवरण अनुसूची–५ (ग) बमोजिम हुनेछ ।
(७) नाप र तौलको आधारमा व्यापारिक प्रयोजनको लागि मालसामान बिक्री गर्दा मान्यता दिइने घटीबढीको हद अनुसूची–५(घ) बमोजिम र मोहर बन्द गरिएका प्याकेजहरुको घटीबढीको हद नेपाल गुणस्तर बमोजिम हुनेछ ।